जिल्लाका सम्भावित पर्यटकिय क्षेत्रहरु
सिन्धुली/जिल्लाको पर्यटकिय क्षेत्रको विकास र प्रचारप्रसारमा स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन । जिल्लामा पर्यटकिय क्षेत्र धेरै भएपनि यसको संरक्षण, प्रचारप्रसारमा स्थानीय तहले खासै ध्यान पुर्याउन सकेको छैन । जिल्ला समन्वय समितिले जिल्लामा भएका पर्यटकिय तथा धार्मिक क्षेत्रहरुको पहिचान गरी त्यसको विवरण पर्यटन मन्त्रालयमा पठाएको भएपनि जिल्लाका स्थानीय तहहरुले यसको संरक्षण र प्रचारप्रसारमा ध्यान नदिदा यी क्षेत्रहरु ओझेलमा परेका छन ।
जिल्ला समन्वय समितिले पहिचान गरी मन्त्रालयमा सिफारिस गरेका १३ वटा पर्यटकिय क्षेत्रहरु मध्ये सिन्धुलीगढीको भौतिक विकासमा केही विकास सभएको भएपनि अन्य पर्यटकिय क्षेत्रको विषयमा स्थानीय तहहरुले ध्यान दिन सकेका छैनन । जिल्ला समन्वय समितिले पहिचान गरेका १३ वटा पर्यटकिय क्षेत्रहरु मध्ये पहिलो नम्वरमा सिन्धुलीगढी कमलामाई नगरपालिकाको वडा न. ३ मा अवस्थित सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनितिक , ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ कि.मि को तन्काइमा रहेको महाभारत पर्वतको झण्डै मध्यभागमा करिव ५९ कि.मि को विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाडीबाट वि पि . राजमार्गको २० कि मि दूरीमा रहेको छ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रुपमा परिचित डोयहरुको काठमाडौँ आक्रमण अर्थात वि.स १३६७ देखि मात्र होइन राणकाल तथा शाहकालीन समयसम्म राजनितिक , प्रशासनिक , सामाजिक , तथा ऐतिहासिक महत्व बोकेको छ ।
भद्रकाली मन्दिर कमलामाई नगरपालिकाःसिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा न . २ मा पर्दछ । यो मन्दिर विपि राजमार्गको सेल्फि डाडा नजिक अवस्थित छ । यो मन्दिरलाई गोरखालीको भगवति मनकामनाको वहिनी भनेर पनि विभिन्न लेखहरुमा पाइन्छ । यस मन्दिरको स्थापना शाह वंशिय राजा पृथ्वी नारायण शाह स्वयंले गरेको भन्ने लेखहरुमा पाइन्छ । पृथ्वी नारायण शाह गोर्खालीकी भगवति मनकमनाको भक्त भएकाले उनले अंग्रेजसँगको लडाईमा विजय प्राप्त होस् भनेर ढुंग्रेभञ्याङमा मनकामनाकी दिदि प्रतिक मानेर भद्रकाली मन्दिर आँफैले स्थापना गरेका थिए ।
कमलामाई मन्दिर कमलामाई नगरपालिकाःमाइस्थान मन्दिर कमलामाई नगरपालिकाको वडा न. ५ अन्र्तगत जिल्ला सदरमुकामबाट वहने गौमती खोला र कमला खोला को संगम स्थलमा अवस्थित छ । यस मन्दिरसम्म पुग्न पुर्व पश्चिम राजमर्गको महोत्तरी जिल्ला अन्तरगत वार्दिबाट विपि राजमार्गको ३० कि.मि को दुरि तय गर्नु पर्दछ । यातायातको सधनको सहज उपलब्धता तथा ऐतिहासिक तथा धार्मिक प्रतिष्ठाको कारण यस मन्दिरमा आउने भक्तजनहरुको ठुलो घुँइचो हुन्छ ।
कालिमाई मन्दिर कमलामाई नगरपालिकाः कालिमाई मन्दिर कमलामाई नगरपालिकाको वडा न. ५ अन्तरगत माधुटारमा अवस्थित छ । वि.स २०४४ सालको विजया दशमीको फुलपाती पर्व देखि श्री कालीमाईथानलाई प्रहरी सलामी दिई पूजा र फुलपाती भित्र्याउने चनल शुरुवात भएको र सिन्धुलीमा पशुपतिप्रसाद गण मिति २०५९ भदौमा स्थापना भएपछि सैनिक र प्रहरीको संयुक्त टोलीबाट श्री कालीमाईलाई सलामी दिईनुको साथै वली पुजा र पूुलपाती भित्र्याउने चलन रहेको छ ।
सिद्धबाबा मन्दिर कमलामाई नगरपालिकाःसिद्धबाबा मन्दिर कमलामाई नगरपालिकाको वडा न. ४ अन्तरगत समुद्री सतहबाट करिव ८५० मिटरको उचाइमा रहेको च्याउकोट डाँडामा सिद्धबाबा मन्दिर अवस्थित छ । यो मन्दिरको स्थापनाको सन्दर्भमा खासै प्रमाणिक आधारहरु नभए पनि यहाँ भएको इट्टा तथा इनारको अवशेषहरुले यो स्थान पुरानो दुर्गको रुपमा रहेको स्पष्ट हुन्छ । यहाँ एउटा जिणर् घण्टी छ जसमा वि.स १८१२ मा चढाएको भनि प्रष्ट सँग लेखिएको छ । यो घण्टी तत्कालिन मकवानपुरका राजा हेमकणर् सेनको पालामा चढाएको कुरा प्रष्ट छ ।
हरिहरपुरगढी हरिहरपुर गढी गाउपालिकाःहरिहरपुर गढी गाउपालिका वडा न. १ मा अवस्थित सिन्धुली जिल्लाको सुदुर पश्चिम सिमानामा रहेको सविकको हरिहरपुरगढी गाउँ विकाश समितिमा पर्दछ । यो गढीको ऐतिहासिक महत्व धेरै ठुलो छ । १० औँ शताब्दी देखि नै सिमरौनगढ राज्य कला संस्कृति तथा अन्य भौतिक सम्पन्नताले निकै वैभवशाली भएको पाइन्छ । वि.स १३८१ मा सिमरौनगढका राजा हरिसिंह देव थिए । यी राजा ठाकुर वंशका थिए । यिनको समयमा ठकुरी सम्वतको प्रचलन पनि ल्याएको पाइन्छ ।
पञ्चकन्या पोखरी मरिण गाउपालिकाः सिन्धुली जिल्लाको मरिण गाउपालिका वडा न. ५ मा यो पञ्चकन्या पोखरी पर्दछ । यो पोखरी सदरमुकामबाट करिव २२ कि. मि को दुरिमा मरिण खोलाको चुरे खण्ड तर्फको भागमा अवस्थित छ । यस पोखरीको सन्दर्भमा खासै प्रमाणित भएका तर्कहरु पाइदैन । तर पनि यस पोखरीको सम्बन्धमा रमाइला जनश्रुतिहरु यस पोखरी वरपरका माझी समुदायबाट सुन्न सकिन्छ । यस पोखरीको पानीमा रुखका पातहरु पर्ना साथ चराले टिपेर लाने , पोखरी भित्र पसेको धार्मिक मानिस भोलि पल्ट मात्र मुनीबाट सकुसल निस्कने तथा परापुर्वकालमा खेतमा रोपाइँ गर्न आउने पाँचवटी सुन्दरी कन्याहरु रोपाइँ सकेपछि एकाएक हराउने र कसैले चियो गरेपछि सवै कन्याहरु सोही पोखरीमा अलप भएर गएका जस्ता कथनहरु सिन्धुलीको जनमानसमा ब्याप्त छ ।
मधुगंगा दुधौली नगरपालिकाःसिन्धुलीको दुधौली नगरपालिकाको वडा न. २ मा भारत तथा नेपालका भक्तजनहरुको अगाध आस्थाको प्रतिक लंगुलेश्वर मधुगंगा , बाबाधाम रहेको छ । प्राकृतिक गुफा भित्र माहादेव , पार्वती ,गणेश तथा कुमारका प्राकृतिक मुर्तिहरु भएको यस गुफामा भक्तजनहरुको असाधारण घुँइचो लाग्दछ । सधारणतया श्रावण महिनामा वोलबम भन्ने मन्त्रोच्चारणका साथ नेपालका मात्र नभई भारतका समेत तिर्थालुहरु यस पवित्र स्थानमा आई दर्शन गर्दछन ।
कुशेश्वर महादेव सुनकोशी गाउपालिकाःकुशेश्वर माहादेव सुनकोशी गाउपालिका वडा न. १ मा अवस्थिति अत्यन्त सुगम स्थानमा छ । सिन्धुलीमाढी सडक खण्डको नेपालथोक भन्ने स्थानबाट करिब ३ कि.मि को दुरिमा कोशी र रोशी नदिको संगम स्थलमा कुशेश्वर माहादेव मन्दिर छ । एक पटक तत्कालिन युवराजधिरान पृश्वी वीर विक्रम शाहलाई न्युमोनिया रोग लागेर अन्यत्र कहि पनि उपचार गर्दा ठिक नभए पछि युवराज धिराजलाई धाइआमासाथ कुशेश्वरमाहादेव दर्शन गर्न लगाइए पछि युवराज धिराज को न्युमोनिया रोग निको भएको सन्दर्भ रहेको छ ।
सर्वसिद्धेश्वर महादेव गुफा तीनपाटन गाउपालिकाःतीनपाटन गाउपालिकाको वडा न.६ बालाजोरको सिम्ले भन्ने स्थानमा अद्भुत प्राकृतिक गुफा रहेको छ , जसलाई सर्वसिद्धेश्वर महादेव गुफा भनेर चिनिन्छ । गुफा भित्रका देवी देवताका अभुतपुववर् आकारहरु , तलाउ तथा ठुलो आकारको संख देख्दा पाकृतिक रुपमा कसरी यस्ता चिजहरुको निर्माण भयो भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । सर्वसिद्धेश्वर महादेव गुफा आर्थिक दृष्टिकोणबाट निकै महत्वपुणर् छँदैछ तर यो गुफा अध्ययन तथा अनुसन्धानको पनि महत्वपुण विषय हुन सक्छ ।
फिक्काल फिक्काल गाउपालिका ःफिक्काल गाउपालिका वडा न . ३ मा अवस्थित फिक्काल डाँडा सिन्धुली जिल्लाकै अग्लो ठाउँ । यहाँ फिक्काल भ्यु टवारको निर्माण कार्य भइरहेको छ । समुद्धि सतहबाट २३६८ मि. उचाईमा रहेको यस ठाउँबाट तराईका विभिन्न भागहरु तथा हिमाल दृष्य अवलोकन गर्न सकिन्छ ।
भ्यु टवार गोलञ्जोर गाउपालिकाःगोलञ्जोर गाउपालिकाको वडा न. ५ मा अवस्थित महाभारत डाँडा गाउँपालिकाको नामकारण समेत भएको ै अग्लो ठाउँ । यहाँ भ्यु टवारको निर्माण कार्य सम्पन्न भइसकेको छ । समुद्धि सतहबाट २३६८ मि. उचाईमा रहेको यस ठाउँबाट तराईका विभिन्न भागहरु तथा हिमाल दृष्य अवलोकन गर्न सकिन्छ ।
फपारचुली घ्याँलेख गाउपालिका ः घ्याँलेख गाउपालिकाको वडा न. १ मा अवस्थित रमाणीय भुभाग यहाँ भ्यु टवारको निर्माण कार्य शुरु हुन लागेको साथै यस ठाउँबाट तराईका विभिन्न भुभागहरु तथा हिमाल दृष्य स्पष्ट अवलोकन गर्न सकिन्छ भने यस ठाँउमा जडीबुडी प्रचुर मात्रमा पाईन्छ ।
भर्खरै
सिद्धस्थली स्कुलद्वारा विपद् राहतमा १ लाख २२ हजार सहयोग
बाढी पहिराे प्रभावित बालबालिकालाइ बालक्लब सहयाेग
सूर्योदय बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि सहयोग
बाढी पिडितलाई नेपाल वन पैदावर व्यवसायी संघ सिन्धुलीद्धारा, ३ लाख र ३५० थान झ्यालढोका सहयोग
भोटेकोशी बाढीपहिरो पीडितलाई साइनिङमुन एकेडेमीको सहयोग
३७ सेवाग्राहीले पाए जग्गाधनी प्रमाणपुर्जा
फिक्कलमा भूमि व्यवस्थापन शाखा स्थापना, भूमि प्रशासन सेवा सुरु

प्रतिकृया दिनुहोस