Close This

भोटेकोशी बाढीपहिरो पीडितलाई साइनिङमुन एकेडेमीको सहयोग

सिन्धुली/भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि साइनिङमुन एकेडेमीले रु. ५१ हजार १ सय ११ सहयोग गरेको छ।

प्राकृतिक विपत्तिका कारण धेरै परिवार घरबारविहीन हुनुका साथै जनधनको क्षति व्यहोर्नुपरेको अवस्थामा पीडितको राहत तथा पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त रकम सहयोग गरेको हो।

विद्यालयका अध्यक्ष प्रलाद पोखरेलले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावितको राहत तथा पुनस्र्थापनामा प्रयोग हुने बताइएको छ।

अध्यक्ष पोखरेलले विपद्को समयमा पीडितलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए। “विपत्तिको समयमा हामीले गरेको सानो सहयोगले पनि पीडित परिवारलाई ठूलो आशा र सहारा दिन सक्छ। त्यसैले विद्यालयको तर्फबाट मानवीय भावनासहित सहयोग गरेका हौँ,” उनले भने।

बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारी निकायसँगै विभिन्न संघसंस्था, विद्यालय तथा नागरिकस्तरबाट सहयोग जुट्न थालेको छ। साइनिङमुन एकेडेमीले गरेको सहयोगले विपद्को कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस
↑