बाढी पिडितलाई नेपाल वन पैदावर व्यवसायी संघ सिन्धुलीद्धारा, ३ लाख र ३५० थान झ्यालढोका सहयोग
सिन्धुली/भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल वन पैदावर व्यवसायी संघ सिन्धुलीले तीन लाख रुपैयाँ सहयोग गरेको छ । संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक देखिएकाले संघले तत्काल नगद सहयोग गरेको संघका अध्यक्ष सुन्दर घिसिङले बताए । विपद्को समयमा राहतका लागि ढिलाइ नगरी संघले कोषमा रकम जम्मा गरेको उनको भनाइ छ ।
संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेपछि त्यसको सक्कली भौचर प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई हस्तान्तरण गरेको छ । संघका पदाधिकारी तथा सदस्यहरू प्रमुख जिल्ला अधिकारी श्रेष्ठको कार्यकक्षमै पुगेर भौचर हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष घिसिङका अनुसार नगद सहयोगमा मात्र सीमित नभई संघले बाढीका कारण घर तथा भौतिक संरचनामा क्षति पुगेका पीडित र विस्थापित परिवारका लागि ३५० थान झ्याल–ढोका समेत सहयोग गर्ने भएको छ । बाढीले क्षति पुर्याएका घर तथा संरचनाको पुनर्निर्माण र मर्मतमा सहयोग पुगोस् भन्ने उद्देश्यले आवश्यक सामग्री उपलब्ध गराउन लागिएको उनले बताए ।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जीवन सामान्य बनाउन तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाको कामलाई पनि प्राथमिकता दिनुपर्ने संघको धारणा छ । सरकारी निकायको प्रयासमा निजी क्षेत्र, व्यवसायी तथा सामाजिक संघसंस्थाको सहकार्य आवश्यक रहेको भन्दै अध्यक्ष घिसिङले विपद्का बेला आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु व्यवसायीको सामाजिक दायित्वसमेत भएको बताए ।
हस्तान्तरण कार्यक्रममा व्यवसायीहरु कृष्ण प्रसाद कालाखेती, मोहन कडरिया, बुद्धिलाल श्रेष्ठ, कृष्ण श्रेष्ठ, प्रेम तामाङ, पेमा लामा लगायतका व्यावसायीहरुको उपस्थिति रहेको थियो । भोटेकोशी बाढीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेका बेला संघको आर्थिक तथा भौतिक सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
भर्खरै
सिद्धस्थली स्कुलद्वारा विपद् राहतमा १ लाख २२ हजार सहयोग
बाढी पहिराे प्रभावित बालबालिकालाइ बालक्लब सहयाेग
सूर्योदय बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि सहयोग
बाढी पिडितलाई नेपाल वन पैदावर व्यवसायी संघ सिन्धुलीद्धारा, ३ लाख र ३५० थान झ्यालढोका सहयोग
भोटेकोशी बाढीपहिरो पीडितलाई साइनिङमुन एकेडेमीको सहयोग
३७ सेवाग्राहीले पाए जग्गाधनी प्रमाणपुर्जा
फिक्कलमा भूमि व्यवस्थापन शाखा स्थापना, भूमि प्रशासन सेवा सुरु




प्रतिकृया दिनुहोस