सूर्योदय बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि सहयोग
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित सूर्योदय बोर्डिङ स्कुलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त रकम सहयोग गरेको हो । विद्यालयका तर्फबाट प्रधानाध्यापक सोनी पाण्डेले सहयोग रकमको चेक प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठमार्फत हस्तान्तरण गरेका हुन । बाढीका कारण प्रभावित परिवारले तत्काल राहतसँगै घरबास पुनःस्थापनाका लागि ठूलो सहयोगको आवश्यकता परिरहेका बेला विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराएको पाण्डेले बताए ।
विद्यालय परिवारले विपद्को समयमा पीडितको साथमा उभिनु मानवीय दायित्व भएको भन्दै राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरी भौचर हस्तान्तरण गरेको पाण्डेले बताए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठमार्फत सम्बन्धित राहत कोषमा पुग्ने गरी हस्तान्तरण गरिएको सहयोग रकम बाढी प्रभावितको आवश्यकता र प्राथमिकताका आधारमा उपयोग गरिने बताइएको छ । प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन सरकारी निकायसँगै विभिन्न संघसंस्था, विद्यालय, व्यवसायी तथा नागरिक समाजबाट सहयोग जुट्ने क्रम बढेको छ । यस्तो सहयोगले तत्कालीन राहतसँगै प्रभावित परिवारको पुनःस्थापना र पुनर्निर्माणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
विद्यालयले यसअघि पनि सामाजिक तथा मानवीय कार्यमा सहभागिता जनाउँदै आएको जनाउँदै आगामी दिनमा पनि आवश्यकता अनुसार सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । बाढीपीडितका लागि गरिएको नगद सहयोगले विपद्को कठिन अवस्थामा रहेका परिवारलाई राहत पुग्ने विश्वास गरिएको छ ।
भर्खरै
सिद्धस्थली स्कुलद्वारा विपद् राहतमा १ लाख २२ हजार सहयोग
बाढी पहिराे प्रभावित बालबालिकालाइ बालक्लब सहयाेग
सूर्योदय बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि सहयोग
बाढी पिडितलाई नेपाल वन पैदावर व्यवसायी संघ सिन्धुलीद्धारा, ३ लाख र ३५० थान झ्यालढोका सहयोग
भोटेकोशी बाढीपहिरो पीडितलाई साइनिङमुन एकेडेमीको सहयोग
३७ सेवाग्राहीले पाए जग्गाधनी प्रमाणपुर्जा
फिक्कलमा भूमि व्यवस्थापन शाखा स्थापना, भूमि प्रशासन सेवा सुरु




प्रतिकृया दिनुहोस