सीपसँगै स्वरोजगार बन्दै तीनपाटन ७ र ८ का महिलाहरु
सिन्धुली/तीनपाटन गाउँपालिकाका ७ र ८ का महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले कृष्टलका गहना बनाउने तालिम संचालन गरिएको छ ।
सिमान्तकृत, दलित तथा आर्थिक रूपमा पछाडि परेका महिलालाई स्वरोजगारमुखी बनाउने उद्देश्यले कृष्टलका गहना बनाउने तालिम सुरु गरिएको आयोजनकले जनाएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा सामुहिक सरोकार समाज सिन्धुली ले सातदिने तालिम सञ्चालन गरेको हो । उनीहरुलाई सीपसँगै स्वरोजगारी व्यावसाय संचालन गर्नको लागी नगद समेत प्रदान गरिने छ ।
तालिम उद्घाटन कार्यक्रममा संस्थाकी अध्यक्ष रमिता मानन्धर ले महिलाको आर्थिक सशक्तीकरण बिना समृद्ध समाज निर्माण सम्भव नहुने बताइन् । उनले सीप सिकेर मात्रै सीमित नबस्न आग्रह गर्दै उत्पादन र बजारीकरणमा समेत सहभागी हुन महिलालाई आग्रह गरिन् ।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष कृष्ण प्रसाद गौतम ले स्थानीय सरकारले सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिइरहेको बताए । उनले बेरोजगारी घटाउन र ग्रामीण महिलाको आर्थिक अवस्था सुधार गर्न यस्ता तालिम प्रभावकारी माध्यम बन्न सक्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी गाउँपालिकाका लेखा प्रमुख अरुण रुपाखेती तालिमसँगै सिपलाई आत्मासाथ गर्दै जीविको पार्जनमा लागे मात्र तालिमको सार्थत्ता हुने बताए । उनले तालिमसँगै बजारीकरणमा पनि जोड दिए । कार्यक्रममा लेखा सहायक अभिशेक मानन्धर को पनि कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन भने संस्थाका कार्यक्रम संयोजक नवराज पहाडी ले गरेका थिए ।
संयोजक पहाडीका अनुसार तालिम सम्पन्न भएपछि सहभागी महिलालाई उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति २६ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइनेछ । उक्त रकम गहना निर्माणसँग सम्बन्धित सामग्री खरिद तथा साना व्यवसाय सञ्चालनमा उपयोग गर्न सकिने उनले बताए ।
उनले महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत स्थानीय तहमा सञ्चालन भइरहेको “जीविकोपार्जन सुधार कार्यक्रम” अन्तर्गत यो तालिम आयोजना गरिएको बताए । ग्रामीण भेगका महिलालाई सीप, लगानी र आत्मविश्वास प्रदान गरेर दीर्घकालीन रोजगारी सिर्जना गर्ने उद्देश्य कार्यक्रमको रहेको उनले बताए ।
तालिममा वडा नम्बर ७ बाट १२ जना र वडा नम्बर ८ बाट १३ जना महिलाको सहभागिता रहेको छ । सहभागी महिलाले तालिमपछि आफ्नै गाउँमा बसेर आम्दानी गर्न सकिने आशा व्यक्त गरेका छन् । स्थानीय तह, समुदाय र सामाजिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेका यस्ता कार्यक्रमले ग्रामीण महिलाको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको पहाडीले बताए ।
भर्खरै
सिद्धस्थली स्कुलद्वारा विपद् राहतमा १ लाख २२ हजार सहयोग
बाढी पहिराे प्रभावित बालबालिकालाइ बालक्लब सहयाेग
सूर्योदय बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि सहयोग
बाढी पिडितलाई नेपाल वन पैदावर व्यवसायी संघ सिन्धुलीद्धारा, ३ लाख र ३५० थान झ्यालढोका सहयोग
भोटेकोशी बाढीपहिरो पीडितलाई साइनिङमुन एकेडेमीको सहयोग
३७ सेवाग्राहीले पाए जग्गाधनी प्रमाणपुर्जा
फिक्कलमा भूमि व्यवस्थापन शाखा स्थापना, भूमि प्रशासन सेवा सुरु




प्रतिकृया दिनुहोस