Close This

सुनकोशी दुर्घटनामा बेपत्ता दुई जनाको पहिचान खुल्यो

ठक्कर दिने बस

सिन्धुली/सुनकोशी नदीमा जिप खस्दा तीन जना बेपत्ता भएका छन । मध्यपहाडी लोकमार्ग अर्न्तगत फिक्कल गाउँपालिका २ नवलपुर सिन्धुली खण्ड्मा रोकिराखेको कारलाई बसले ठक्कर दिदाँ दुर्घटना भएको स्थानीयबासीले बताएका छन । 
सोमबार विहान साढे ११ बजेको समयमा  सडक छेउमा रोकेर राखिएको मध्येपहाडी लोकमार्ग निर्माण तथा मर्मत गरी रहेको ठेकेदार कम्पनीको कार भएको सोही रोडका सुपरभाईजर दिनानाथ न्यौपानेले बताए । केही मिनेट अगाडी मात्र आफुु ठेकेदार सँग गफ गरी केही मिटर मात्र पर पुग्दा काठमाडौबाट ओखलढुंगातर्फ जाँदै गरेको वा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले प्रदेश ३–०१–०१४ च ९५७३ नम्बरको रोकि राखेको कारलाई ठक्कर दिएको हो । कारमा तीन जना रहेको न्यौपानेले बताए । 
कारमा ठेकेदार जुगल गाउँपालिका ७ सिन्धुपाल्चोकका बर्ष ३९ का दिलकुमार लामा,गोलञ्जोर गाउँपालिका १ डुड्भञ्ज्याङका स्काभेटर चालक गणेश थापा र एक जना नाम वतन नखुलेको हेल्फर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली तथा स्थानीय जनप्रतिनिधि र स्थानीयवासी घटनास्थलमा पुगेर कार तथा त्यसमा सवार व्यक्तिहरूको खोजी कार्य गरी रहेको भएपनि हाल सम्म कार र कारमा सवार व्यक्तिहरुको अवस्थाका बारेमा कुनै पनि जानकारी प्राप्त हुन नसकेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस
↑