खुसी खोज्न गएका मगर बाकसमा आए
दुधौली/टन्न पैसा कमाउछु अनि आफ्नो घर परिवार, छोराछारीलाई खुसी बनाउनु छु र बाँकी जिवनमा केहि गर्छु भनेर मिठो सपना बोकेर गएका दुधौली नगरपालिका ११ का बालकृष्णको सपना चकनाचुर भएको छ ।
४ महिना अघि मात्रै बैदेशिक रोजगारीका लागि मलेसिया गएका दुधौली ११ सनिवारेका ३६ बर्षिय बालकृष्ण मगरको बाकसमा लास भनेर आएको छ । स्वर्गिय मगर गत बैसाख १६ गतेका दिन रिलेशन इप्ल्वाइमेन्ट सर्भिस बसुन्धाराबाट मलेसिया गएका थिए । नेपाल सकारले फ्रि भिषा टिकेट भने पनि उनले करिव ३ लाख भन्दा बढी नै तिरेर मलेसियामा सेक्यूरीटि गार्डको काम गर्न गएका थिए ।
पटक पटक बैदेशिक रोजगारीमा गएका स्वर्गिय मगरको यो नै सधैका लागि अन्त्य हुन्छ भन्ने कसलाई थाहा थियो र । बुवा संगै घरमा श्रीमती, ७ वर्षिय, छोरा ४ वर्षिय कान्छो छोरा र एक छोरी गरी ५ परिवारको एक मात्रै आश्रय र भरोसा र सुरक्षाको आधार नै सदाको लागि ढले पछि परिवारको बिचल्लि भएको छ ।
स्वर्गिय मगर मलेसियाको प्रतिस्ठित सेक्युरिटि कम्पनी कामी सेक्युरिटी सर्भिसेस कम्पनीमा कार्यरत थिए । कम्पनीको नियम अनुसार नियामित ड्यूटी गरीरहेको समयमा अचानक रिङ्गटा चले पछि अराम गर्नको लागि गार्ड रुममा गएका मगरको गार्ड रुममा नै बिहोसी अवस्थामा देखेको परिवारले जनाएको छ ।
सोमवार बेलुका १० बजे शव बहानमा ल्याएर र मंगलवार सामाजिक परम्परा अनुसार मगरको दाहसंस्कार गरीएको छ ।
भर्खरै
सिद्धस्थली स्कुलद्वारा विपद् राहतमा १ लाख २२ हजार सहयोग
बाढी पहिराे प्रभावित बालबालिकालाइ बालक्लब सहयाेग
सूर्योदय बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि सहयोग
बाढी पिडितलाई नेपाल वन पैदावर व्यवसायी संघ सिन्धुलीद्धारा, ३ लाख र ३५० थान झ्यालढोका सहयोग
भोटेकोशी बाढीपहिरो पीडितलाई साइनिङमुन एकेडेमीको सहयोग
३७ सेवाग्राहीले पाए जग्गाधनी प्रमाणपुर्जा
फिक्कलमा भूमि व्यवस्थापन शाखा स्थापना, भूमि प्रशासन सेवा सुरु

प्रतिकृया दिनुहोस