Close This

मनका धनी छविरमण

सिन्धुली,१४फागुन/मानिस धनले मात्र सम्पन्न हुदैन । मनको पनि धनी हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन फिक्कल गाउँपालिका ६ का छविरमण पौडेलले । आफ्नो उदार सोच र सामाजिक उत्तरदायित्वको भावनालाई व्यवहारमै उतार्दै उदाहरणीय कार्य गरेका छन । 
आर्थिक रूपमा सामान्य पारिवारिक पृष्ठभूमि भए पनि उनको सोच उच्च र समाजप्रति समर्पित रहेको स्थानीयवासीहरू बताउँछन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) फिक्कल वडा नं. ६ को पार्टी कार्यालय स्थापनाका लागि उनले ४ आना २ पैसा जग्गा वडा कमिटीको नाममा पास गरिदिनु ठूलो सहयोगका रूपमा लिइएको छ । पार्टी गतिविधिलाई व्यवस्थित, प्रभावकारी र स्थायी बनाउन आफ्नै स्वामित्वको जग्गा उपलब्ध गराउनु उहाँको संगठनप्रतिको आस्था र प्रतिबद्धताको प्रतीक भएको नेकपा एमाले फिक्कल ६ का अध्यक्ष रोशन भण्डारीले बताए । 
स्थानीय नेताहरूका अनुसार लामो समयदेखि पार्टी कार्यालय व्यवस्थापनको आवश्यकता महसुस भइरहेको थियो । सोही आवश्यकतालाई मध्यनजर गर्दै छविरमण पौडेलले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितलाई प्राथमिकता दिएका हुन । उनको यस निर्णयले वडा तहमा पार्टी गतिविधि सञ्चालन गर्न सहजता मिल्ने, बैठक तथा कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने भण्डारीले बताए । 
पौडेल परिवारको यो योगदानले केवल पार्टी संगठन मात्र होइन, समग्र समुदायमा पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । समाजमा आर्थिक हैसियतभन्दा पनि मनको उदारता र सेवाभाव नै ठूलो हुन्छ भन्ने सन्देश उनको कदमले दिएको नेकपा एमाले फिक्कल गाउँकमिटिका सचिव नबराज पहाडीले बताए । 
वडा नम्बर ६ का अध्यक्ष भण्डारीको पहलमा उक्त जमिन पार्टीको वडा कमिटिको स्वामित्वमा ल्याउन सफल भएको पहाडीले बताए । स्थानीय कार्यकर्ताहरूले उनीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य र सद्भाव कायम रहने बताएका छन ।

प्रतिकृया दिनुहोस
↑